लियोनल मेसीको प्रतिमा तोडफोडः मेसीका समर्थक आक्रोशित

Posted By OS Nepal || Date: 11 January, 2017

काठमाडौंः विश्व चर्चित फुटबलर एवम् अर्जेन्टिना तथा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको प्रतिमा तोडफोड भएको छ ।

अर्जेन्टिनाको राजधानी ब्युनस एयर्समा रहेको मेस्सीको प्रतिमा अज्ञात व्यक्तिले तोडफोड गरेका हुन् । गएको जुनमा अनावरण गरिएको कांसबाट बनेको मेस्सीको प्रतिमा किन तोडफोड गरिएको हो अनुसनधान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

पूर्ण कदको मेसीको प्रतिभा तोडफोडपछि आधा भाग छैन । तोडफोड गर्ने समूहले मेसीको हात तथा टाउको फालिएको छ ।

स्थानीय सरकारी अधिकारीले प्रतिमा पुनर्निर्माणको काम तीब्र गतिमा भएको बताएका छन् । यो खबरले संसारभरका मेसीका फ्यान आक्रोशित भएका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!