बुधबार बिहानै रामेछापमा ट्रिपर दुर्घटना, एक जनाको मृत्यु

Posted By OS Nepal || Date: 11 January, 2017

रामेछापः बुधबार बिहान रामेछापमा ट्रिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

मन्थलीमा बिहानै ना १ ञ ५७ नंबरको ट्रिपर हुँदा सहचालक सिन्धुलीको भद्रकालीका रमेश बम्जनको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।

सहचालकले ट्रिपर चलाएका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा चालक रमेश घिमिरेभने गम्भीर घाइते छन् । रामेछापमा उपचार हुन नसकेपछि उनलाई काठमाडौ पठाइएको छ । अन्य दुई जना घाइतेको भने रामेछापमै उपचार भइरहेको छ।

बिहानको समयमा खाली सडक हुने भएकाले सहचालकले चलाएको प्रहरीले अनुमान गरेको छ । चालक भने बोल्न नसक्ने अवस्थामा छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!