सेक्सका विषयमा अर्को अनौठो रहस्य सार्वजनिक

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

एजेन्सी ।  सुत्केरी भएलगत्तैको सहवासले महिलालाई हानी पुग्छ । बच्चा जन्मिएपछि पुरुषलाई पहिलेजस्तो महिलाबाट यौन सुख नमिल्न पनि सक्छ । बच्चा जन्माउदा योनिको मांसपेशी टुट्ने हुन सक्छ ।

चिकित्सकका अनुसार अपरेशन नगरी सामान्य रुपले बच्चा जन्मिएको छ भने सुत्केरी भएको ६ हप्तासम्म सहवास गर्नुहुँदैंन । त्यसपछि पनि चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । मांसपेशीमा लागेको घाउ निको हुन पनि कमसेकम ५ देखि ६ हप्तासम्म लाग्छ । यस्तो अवस्थामा यदि यौनसम्पर्क गर्नुभयो भने योनिमा संक्रमण हुन सक्छ । स्वास्थ्य खबर पत्रिकाले छापेको छ ।

सुत्केरी भएपछि सामान्य रुपले महिलामा उदासिनता बढेको हुन सक्छ । हर्मोन परिवर्तनका कारण यसो भएको हुन सक्छ । यसबाट महिलामा यौनसम्पर्क गर्ने चाहना पनि हुँदैंन । यस्तो अवस्थामा महिला तथा पुरुषले कम्तीमा पनि ६ हप्तासम्म सहवास नगर्नबाट बच्नैपर्ने हुन्छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!