अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीको प्रतिमा तोडफोड

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

काठमाडौं । बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीको अर्जेन्टिनी राजधानी ब्यूनर्स आयर्समा अवस्थित प्रतिमा तोडफोड भएको छ ।

उक्त तमाको प्रतिमामा टाउको, हात लगायतका स्थानमा क्षति पुगेको बताइएको छ । मेस्सीको प्रतिमा के कारणले तोडफोड भएको हो स्पष्ट हुन नसकेपनि प्रतिमाको पुननिर्माण भइरहेको बताइएको छ ।

उनले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेलगत्तै मेस्सीको प्रतिमा अनावरण भएको थियो । उनले पछि सन्यास फिर्ताको निर्णय गरेका थिए ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!