निरन्तर बढिरहेको सुनको भाउ आज पनि बढ्यो

Posted By OS Nepal || Date: 11 January, 2017

काठमाडौं, पुस २७- बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन तोलामा ३ सय रुपैयाँले बढेको सुन आज २ सय रुपैयाँले महँगिएर प्रतितोला ५४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदी पनि प्रतितोला ५ रुपैयाँले महँगिएर ७ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!