माओवादीकै हटका कारण आफु प्रधानमन्त्री हुँदापनि पृथ्वी जयन्तीमा विदा दिन सकिएनः ओली

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

काठमाडौं– एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा विदा दिन चाहेपनि माओवादीका कारण बिदा दिन सम्भब नभएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा बोल्दै ओलीले यस्तो कुरा बताएका हुन् । पृथ्वीनारायण शाह राष्ट्रनायक भएको भन्दै ओलीले आफू प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा विदा दिन खोजेको तर, सत्तारुढ दलहरुबीच सहमति हुन नसकेको बताए ।

माओवादीतर्फ लक्षित गर्दै ओलीले भने, ‘अहिले त्यही दल सरकारको नेतृत्वमा छ ।’

.

Loading...
संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!