केकी र बेनिशाको मित्रतामा दरार आएकै हो ? दुवैले खोले मुख

Posted By OS Nepal || Date: 11 January, 2017

काठमाडौँ – फिल्मकै कारण केकी र वेनिशाको मित्रतामा दरार आएको भन्ने हल्ला पछि यि दुई नायिकाले मुख खोलेका छन् ।

केकी अधिकारी र वेनिशा हमाल अभिनित दुई फिल्महरु ‘लभ साशा’ र ‘किङ्ग’ यही बिहिबारदेखि एकसाथ प्रदर्शनमा आउँदैछन् तर फिल्मले गर्ने व्यापार जे जस्तो भएपनि आफ्नो मित्रतामा कुनै असर नपर्ने बताएका छन् ।

लभ साशा’ को प्रिमियरमा सहभागी भएकी वेनिशाले फिल्म र केकीको अभिनयको प्रशंसा गर्दै भनिन् ‘जसले मलाई एक्टिङ गर्न सिकायो उसले राम्रो गर्दा मलाई गर्व लाग्छ । केकीले ‘लभ साशा’ मा राम्रो काम गरेको छ । यसमा म खुसी छु ।’ यता केकीले पनि वेनिशालाई अन्तर हृदयबाट सफलताको शुभ कामना दिएकी छिन् ।

‘वेनिशाको कारण पनि ‘किङ्ग’ मेरो लागि विशेष छ भन्दै शुभ कामना दिएकी हुन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!