पुननिर्माण प्राधिकरणको कार्यकारी अधिकृतमा डा. पोख्रेल, ज्ञवाली वर्खास्त

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

काठमाडौं : सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यकारी अधिकृतमा डा. गोविन्द पोख्रेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणको कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाएर पोख्रेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि पुननिर्माणको कामले गति लिन नसक्नुको कारणबारे सरकारले ज्ञवालीसँग दुई पटक स्पष्टिकरण सोाधेको थियो । जवाफमा ज्ञवालीले आफुले काम गरेपनि सरकारबाट असहयोग भएको भन्दै जवाफ दिएपछि उनलाई सरकारले वर्खास्त गरेको हो ।

नयाँ सरकार गठन भएपछि नेपाली कांग्रेसले कार्यकारी अधिकृति परिवर्तन गर्नुपर्ने दबाव दिएपछि ज्ञवाली नियुक्त भएका थिए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पोख्रेलले अध्यादेशबाट गठन भएको प्राधिकरणमा एक हप्ता कार्यकारी प्रमुखको रुपमा काम गरेका थिए ।

यस्तै बैठकले भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुननिर्माणका लागि करारमा कर्मचारी नियुक्ति गर्न अनुमति दिने निर्णय पनि गरेको छ । नियुक्त गरिएका कर्मचारीको करार अवधि एक वर्षको हुनेछ ।

.

Loading...
संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!