बुधबारको विनिमय दर

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८७ पैसा र विक्रिदर ३० रुपैयाँ ४ पैसा तोकेको छ ।

बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ र विक्रिदर २९ रुपैयाँ १६ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६२ पैसा र विक्रिदर २९ रुपैयाँ ७८ पैसा छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३१ पैसा र विक्रिदर २४ रुपैयाँ ४५ पैसा तोकेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८ पैसा र विक्रिदर ९ रुपैयाँ १३ पैसा रहेको छ । एक कुवेती दिनारको खरिददर ३ सय ५५ रुपैयाँ ७८ पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ ७४ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ८८ रुपैयाँ ५८ पैसा र विक्रिदर २ सय ९० रुपैयाँ १७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!