पृथ्वी जयन्तीमा बिदा नदिएको सरकारद्धारा राष्ट्रिय बिदाको पुनरावलोकन गर्न निर्देशन

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

काठमाडौं : सरकारले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिएको हो ।

विभिन्न राजनीतिक दल तथा नागरिक स्तरबाट बुधबार परेको पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिनु पर्ने माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो ।

मन्त्रिपरिषद बैठकले कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!