पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइयो — OSNepal

पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइयो

LC (KTM) July 05, 2022 0

काठमाडौं २१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संगठनको प्रस्ताव तयार जिम्मा दिइएको छ । अध्यक्ष प्रचण्डका केन्द्रिय समितिको बैठक स्थगन गरेर आफ्नै निवास खुमलटारमा संगठनको ठोस प्रस्ताव तयार गर्न बैठक बोलाएका थिए ।

प्रस्ताव तयार पार्नका लागि प्रचण्डले सबै नेताहरूसँग राय सुझाव मागेर सोही आधारमा उनले प्रस्ताव तयार पार्ने भएका छन् । प्रचण्डले पदाधिकारीको टुग्गो लगाउने मतदान बाट नगरी सहमतिको आधारमा गर्न प्रस्ताव राखेका छन् ।

बहुमत सदस्यले पदाधिकारी टुंग्याउनु पर्ने मत राखेपछि प्रचण्डले आफूले नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।

साथै , पूर्व स्थायी समिति सदस्य गणेश साहले बैठकमा पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको जानकारी समेत गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर