नेपाली राजनीतिमा बिल्कुलै नयाँ सुरुवात- पौडेलको लोकप्रिय घोषणा

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

विनोद पौडेल(युवा नेता, नयाँ शक्ती नेपाल)

एच. वि ताम्राकार – जापान ,  नेपालका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ती नेपाल पार्टीका संस्थापक संयोजक डा. बाबुराम भट्टराई द्वारा प्रस्तावित अनी गत जेष्ठ ३० काठमाडौंको दशरथ रङशाला बाट घोषणा गरिएको नयाँ शक्ती नेपाल पार्टीलाई देशकै एउटा बैकल्पिक राजनैतीक शक्तिको रुपमा पनि हेर्न थालिसकिएको छ । उक्त पार्टीले आफ्नो घोषणा सभा अघी देखीनै अली फरक सैलीमा आफुलाई जनतासामु उभ्याइरहेको छ ।

ब्यवस्था मात्र फेर्ने राजनीति बाट थकित नेपाली जनतालाई अब देशको अवस्था फेर्नुको कुनै बिकल्प छैन र देशलाई हाम्रै पालामा सम्ब्रिद्ध बनाउन सकिने कुरामा द्रिढ् नयाँ शक्ती नेपाल पार्टीको लोकप्रियता बिदेशमा रहेका नेपालीहरु माझ पनि बढेको छ । पार्टी स्थापनाको एक बर्ष पनि नपुग्दै लगभग ३० भन्दा बढी देशहरुमा आफ्नो भात्री संगठन अन्तरराष्ट्रिय नेपाली समाज को सन्जाल बिस्तार गर्न सफल रहनु अनी देशका पचहत्तरै जिल्लामा बलियो उपस्थिती जनाउन सक्नु यस कुराले उक्त पार्टीको लोकप्रियता देश भित्र र वाहिर जताततै छरिएररहेका नेपालीमाझ बाबुराम भट्टराई र उनको दलको राम्रो छाप रहेको संकेत् हो ।

नयाँ शक्ती पार्टीको अधिबेशन नजिकिदै जादाँ बिभिन्न आन्गिक तथा भात्री संगठनहरुको अधिवेशन हुने क्रमको सुरुवात भाईसकेको छ । जनवरी १०, २०१६ बाट नयाँ शक्ती अभियानको रुपमा अष्ट्रेलियामा सुरुभएको अन्तरराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाले आफ्नो पहिलो वार्षिक उत्सब / नयाँ बर्ष २०१७ को शुभकामना अदान प्रदान तथा समिक्षा गर्ने हेतुले गत जनवरी ८ मा आयोजना गरेको कार्यक्रम तथा बैठकले २०१७ को मे को अन्तिम सातामा आफ्नो प्रथम राष्ट्रिय अधिबेशन गर्ने जनाएको छ ।

उक्त भेटघाट / बैठकमा बोल्दै अन्तरराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाको संस्थापक संयोजक विनोद पौडेलले संस्थापक संयोजकहरु सदैब साझा रहनु पर्ने र संगठनलाई सदैब अभिभाबकको भूमिकामा रही संरक्षकको रुपमा संगठनलाई अघी बढ्न सहयोग पुर्‍याउनु पर्ने अबधारणामा रहदै आगामी मे को अन्तिमसाता भित्रमा हुने प्रथम राष्ट्रिय अधिवेशनमा अन्तरराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाको अध्यक्ष पदमा आफ्नो दावी नरहने घोषणा गरेका छन ।

अन्तरराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाको अध्यक्ष पदमा आफ्नो दावी रहने घोषणा गर्दै उनले भनेका छन : ” नेपालमा बैकल्पिक राजनैतीक शक्तीको अपरिहार्यता महसुस गर्दै नेपालको समग्र सम्ब्रिद्दीको महायज्ञ / महाअभियानमा लागेका हामी सबै आभियान्ताहरुको योगदानको कदर गर्दै र संस्थापक संयोजकहरु सदैब साझा रहनु पर्ने र संगठनलाई सदैब अभिभाबकको भूमिकामा रही संरक्षकको रुपमा संस्था / संगठनलाई अघी बढ्न सहयोग पुर्‍याउनु पर्ने अबधारणामा रहदै म अन्तरराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाको संस्थापक संयोजक विनोद पौडेल यो घोषणा गर्दछु कि आगामी मे को अन्तिमसाता भित्रमा हुने प्रथम राष्ट्रिय अधिवेशनमा अन्तरराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाको अध्यक्ष पदमा मेरो दावी रहने छैन। ” 

घोषणापछी ओस नेपालका प्रतिनिधिसँग कुरा गर्दै पौडेल बताउछन् नेपालको सम्ब्रीद्धीको बधाक ब्यक्तिगत स्वार्थ मात्रको राजनीति हो र जबसम्म राजनीतिलाई एक मात्र कमाइ खाने भाडो बनाउन नेपालका नेताहरुले छोड्दैनन तबसम्म देशले भ्रस्टचारको चुङलबाट छुट्कारा नपाउने र सम्ब्रिद्दी को सपना सपनामात्र रहने छ ।

के अब नयाँ शक्ती नेपाल पार्टी तथा नेपाली राजनीति बाटनै टाढा जान लग्नुभएको त होइन? भन्ने हाम्रो प्रश्नमा उनी बताउछन हाल अन्तरराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाको अध्यक्ष पदमा मात्र दावी नरहने तर पार्टी को प्रदेशिक परिषद तथा केन्द्रमा भने आफ्नो सङ्लग्नता उमेद्ववारि रहन सक्नेछ । उनी जोड्छन आफु जहाँ र जस्तो ठाउमा रहेपनी अन्तरराष्ट्रिय नेपाली समाज अष्ट्रेलिया आफ्नो जग / धरातल रहेको र यस संस्थाको लागि सदैब एउटा अभिभावक को रुपमा रही सम्रक्षण गर्दै संस्थाको हितमा जस्तोसुकै हालतमा पनि अग्रसर रहनेछु।

निस्वार्थ भावनाबाट आफ्नो जन्मभुमीको सम्ब्रिद्दीको लागि राजनीतिमा होमिएका बिनोद पौडेल जस्ता युवाहरुको सङ्लग्नताले नयाँ शक्ती पक्कैनै नयाँ हुने कुरामा दुईमत छैन । सधैं पदको लागि पछी भाग्ने नेपाली नेताहरुले पौडेलजस्ता युवाहरुबाट सिक्नु जरुरी छ ।पौडेल आमाले बोलाउनु भयो अभियान मार्फत देशको ब्रेनड्रेन र स्किल् ड्रेन को समस्या हलगर्ने जमर्को सहित् देशप्रेमी भावनाले अघी बढेका युवा अभियान्ता पनि हुन ।

नेपालको सम्ब्रीद्धीको बधाक ब्यक्तिगत स्वार्थ मात्रको राजनीति – विनोद पौडेल

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!