मानव शरीरको ७९ औं अंग पत्ता लाग्यो

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

मानव शरीरको ७९ औं अंग पत्ता लागेको छ ।

आयरल्याण्डको यूनिभर्सिटी अफ लिमरिकको एउटा अनुसन्धानले मानव शरीरको पाचन तन्त्रको हिस्साको रुपमा ७९ औं अंग पत्ता लगाएको हो ।

यो अंगलाई मेसेन्टरी अर्थात आन्द्रसंयोजी भनिन्छ । यो पेटको आन्द्रासँग जोडिएको हुन्छ । यसअघि मेसेन्टरी धेरै हिस्सा मिलेर बनेको ठानिन्थ्यो ।

तर प्रोफेसर केल्विन काँफीका अनुसार यो एकल संरचना हो । उनले आफ्नो अनुसन्धानले विभिन्न रोगलाई नयाँ तरिकाले बुझ्न सकिने दाबी गरेका छन् ।

लान्सेट ग्यास्ट्रोलोजी एण्ड हेपाटोलोजीमा यो अनुसन्धान छापिएको छ ।
एजेन्सी

.

Loading...
संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!