बहुमत ल्याएर संविधान संशोधन गर्नुहोस :  नेता भट्टराई

Posted By OS Nepal || Date: 11 January, 2017

दाङ, २७ पुस । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले निर्वाचनबाट बहुमत ल्याएर संविधान संशोधन गर्न नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई आग्रह गर्नुभएको छ ।

संविधान संशोधनको विरोधमा संयुक्त सघर्ष समितिले आज घोराहीमा आयोजना गरेको विरोधसभामा उहाँले भन्नुभयो – एमाले निर्वाचनका लागि तयार रहेको छ ।

भट्टराईले “मिति घोषण गरेर निर्वाचनमा जाऔँ” भन्दै निर्वाचन गराउने मौका इतिहासले प्रदान गरेको हुँदा यसको सदुपयोग गर्नसमेत प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुभयो ।

अहिले संविधान संशोधन नभई कार्यान्वयन गर्ने वेला रहेको बताउँदै उहाँले मधेसबाट एक सिट नजितनेले मधेसको प्रतिनिधित्व गर्न सक्दैन् भन्नुभयो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!