एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन : महासचिव पोखरेल — OSNepal

एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन : महासचिव पोखरेल

LC (KTM) July 06, 2022 0

गोदावरी, २२ असार -नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताउनुभएको छ । एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उहाँले स्थानीय तहको चुनावले एमाले कमजोर नभएको बताउनुभयो । अहिले पनि कम्युनिष्टको अनुहार एमालेभित्र मात्रै रहेको भन्दै उहाँले कम्युनिष्ट पार्टी मिलाउने सक्ने क्षमता एमालेसँग मात्रै रहेको बताउनुभयो ।

कांग्रेसको सरकार छोडेर आए र विगतका कमजोरीमा गल्ती भएको महसुस गरे मात्र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सित चुनावी एकता हुनसक्ने उहाँको भनाइ थियो । एमाले कार्यकर्तालाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “पदका लागि भन्दा पार्टीलाई जिताउन लाग्नुपर्छ, सरकारका गलत कामको विरोध गरेर भण्डाफोर गर्दा एमालेले जित्छ, जनता एमालेसँग रिसाएका छैनन् ।” (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर