अरिङगालले टोकेर ७ वर्षीय बालकको मृत्यु — OSNepal

अरिङगालले टोकेर ७ वर्षीय बालकको मृत्यु

LC (KTM) July 06, 2022 0

सल्यान, २२ असार -सल्यानमा अरिङगालले टोकेर एक बालकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका-४ बस्ने ललित रानाका ७ वर्षीय छोरा देवदर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो बाख्रा चराउन घर नजिकै खेतबारीमा गएको बेला रानालाई अरिङगालले टोकेको थियो । रानाको सुर्खेतको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बालक रानालाई धेरै वटा अरिङगालले एकै पटक टोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर