धान खेतको कान्लाबाट लडेर सिङतानको मृत्यु — OSNepal

धान खेतको कान्लाबाट लडेर सिङतानको मृत्यु

LC (KTM) July 07, 2022 0

काठमाडौं, २३ असार –

बारा, निजगढ नगरपालिका(१० लालगाउँ डाडाँटोल बस्ने ५८ वर्षीय बिक्रम सिङतान लोप्चनको बुधबार राति लडेर मृत्यु भएको छ । सोही ठाउँ लोप्चन टोलबाट घरतर्फ आउने क्रममा धान खेतको कान्लाबाट लडेर उनको मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तै बाजुरा त्रिवेणी नगरपालिका(६ पन्धारा फल्लेतोला बस्ने ४५ वर्षीय हरिचन्द्र बिकको बुधबार साँझ लडेर मृत्यु भएको छ । आफ्नै घरदेखि करिब ७ सय मिटर टाढा भिरपाटा भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर