उद्घाटन गर्ने अघिल्लो दिनै भाँचिएको त्रियुगा नदीको पुलको अवलोकनपछि परराष्ट्र मन्त्रीले दिए यस्तो निर्देशन — OSNepal

उद्घाटन गर्ने अघिल्लो दिनै भाँचिएको त्रियुगा नदीको पुलको अवलोकनपछि परराष्ट्र मन्त्रीले दिए यस्तो निर्देशन

LC (KTM) July 08, 2022 0

काठमाडौं २४ असार । परराष्ट्र मन्त्री नारायण खड्काले एक वर्षअघि आएको बाढीले बगाएको उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुलको अवलोकन गरेका छन् ।

भत्केको पुलको अवलोकन गरेपछि परराष्ट्रमन्त्री खड्काले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउने बचन दिएका छन् ।

करिब १२ वर्ष लगाएर निर्माण भएको पुल उद्घाटन गर्ने अघिल्लो दिन आएको बाढीले बगाएपछि त्यस क्षेत्रका जनता नदी वारपार गर्ने समस्या भोग्दै आएका छन् ।

मन्त्री खड्कासँगै अवलोकनमा आएका महाशाखाका उपनिर्देशक उमेशबिन्दु श्रेष्ठले पुल भाँसिको कारणबारे अध्ययन भइरहेकाले ढिलाइ भएको बताएका छन् ।

उपनिर्देशक श्रेष्ठले विस्तृत अध्ययन रिर्पोट आउने र त्यसपछि निर्माण प्रक्रियाअघि बढ्ने जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर