ईदमा मोरक्कोका राजाद्वारा ९७९ कैदीको सजाय माफी — OSNepal

ईदमा मोरक्कोका राजाद्वारा ९७९ कैदीको सजाय माफी

LC (KTM) July 10, 2022 0

रबाट, २६ असार-मोरक्कोका राजा मोहम्मद छैटौँले ईद अल–अदाको अवसरमा ९७९ जनालाई बाँकी सजाय माफी गर्नुभएको छ । मोरोक्कोको न्याय मन्त्रालयले आइतबार एक वक्तव्य जारी गरी आधाभन्दा बढी कैंद सजाय बिताएका ९७९ जनाको सजाय राजाबाट माफी भएको बताएको छ ।धेरै अरब देशहरूले जस्तै मोरक्कोले पनि विश्वभरका मुसलमानहरूका लागि सबैभन्दा महत्वपूर्ण पर्वहरूमध्ये एक ईद अल–अदामा कैदीहरूलाई क्षमा दिने परम्परा रहेको छ ।

क्षमा सूचीमा भएका अधिकांश कैंदीहरूको कैद सजाय घटाइएको वा पूर्णतया खारेज गरिएको छ भने तिनीहरूमध्ये केहीको जरिवाना घटाइएको वा मिनाहा गरिएको छ ।
आतङ्कवाद र आतङ्कवादसम्बन्धी घटनामा दोषी ठहरिएका ११ जना कंैदीहरूसमेत सजाय माफी पाउने सूचीमा रहेको बताइएको छ । उनीहरूले आतङ्ककारीहरूलाई पुनः स्थापना गर्न मोरोक्को सरकारले सुरु गरेको पहलमा भाग लिएको उल्लेख गरिएको छ ।

यी ११ जना कैदीहरूले सबै प्रकारका कट्टरपन्थी र आतङ्कवादलाई आधिकारिक तवरमा अस्वीकार गरेको घोषणा गरेका पनि वक्तब्यमा बताइएको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर