भक्तपुरमा भेटियो जाली नोट, ३० वर्षीय निर पक्राउ — OSNepal

भक्तपुरमा भेटियो जाली नोट, ३० वर्षीय निर पक्राउ

LC (KTM) July 11, 2022 0

भक्तपुर, २७ असार

सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक बस्ने ३० वर्षीय निर बिकार प्रजापतिलाई एक हजार दरका १३ थान जाली नेपाली नोट सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–८ सूर्यविनायकस्थित खाजा पसलमा निर बिकार प्रजापतिको साथमा जाली नोट छ भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त जाली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर