'बच्चन पाण्डे' असफल भएपछि फेरि बायोपिकतर्फ फर्किए अक्षयकुमार — OSNepal

‘बच्चन पाण्डे’ असफल भएपछि फेरि बायोपिकतर्फ फर्किए अक्षयकुमार

LC (KTM) July 12, 2022 0

मुम्बई :

आफ्नो पछिल्लो फिल्म बच्चन पाण्डे व्यावसायिक रूपमा असफल भएपछि अभिनेता अक्षयकुमार निकै गम्भीर भएका थिए । उनले अबका फिल्ममा थप मेहनत गर्ने अठोट लिएका छन् । दर्शकले आपूmलाई रुचाउँदै आएको शैलीभन्दा फरक फिल्म खेल्दा बच्चन पाण्डे असफल भएको निष्कर्षमा उनी पुगेका छन् । यसैले अब फेरि बायोपिक फिल्मलाई उनले महत्व दिने बताएका छन् ।

यसैक्रममा अक्षय कुमारले आफ्नो अर्को फिल्मको सुटिङ लन्डनमा सुरु गरिसकेका छन् । फिल्मको शीर्षक फाइनल छैन तर कोल माइनिङ इन्जिनियर जसवंत सिंह गिलको जीवनीमा आधारित कथामा उनी अहिले फिल्म गरिरहेका छन् । यस चलचित्रलाई टिनु सुरेश देसाईले निर्देशन गरेका हुन् । जसले यसअघि अक्षय कुमार अभिनित ‘रुस्तम’को निर्देशन गरेका थिए ।

लामो समयदेखि यो फिल्मको चर्चा चलिरहेको थियो तर अहिले धमाधम यसको छायांकन भइरहेको छ । सौर्य दैनिकमा खबर छ । जसवंतको जीवन’दयगत राम्रो अध्ययन गरेपछि मात्र आपूmले यो फिल्ममा हात हालेको अक्षयले बताएका छन् । अक्षयकुमारको पूजा इन्टरटेनमेन्टसँगको यो तेस्रो फिल्म हो । सन् १९८९ मा पश्चिम बंगालको रानीगन्ज कोल फिल्डमा फसेका ६४ खानी मजदुरको ज्यान बचाउँदा खानी इन्जिनियर जसवंत सिंह गिलको जीवनको घटनामा यो फिल्मको कथा आधारित छ ।

यस फिल्मको नाम ‘क्याप्सुल गिल’ हुने बताइएको छ । तर, यस’दयगत कुनै आधिकारिक बयान दिइएको छैन । अक्षय कुमारले यसअघि वासु भगनानीसँग ‘बेल बटम’ बनाएका छन् भने यो जोडीको दोस्रो फिल्म ‘बडे मियाँ छोटे मियाँ’ हो, जसमा टाइगर श्राफ पनि छन् ।

फिल्मको अक्षय कुमारको चरित्र रिलिज हुनेबित्तिकै सामाजिक सञ्जालमा निकै चर्चामा छ । यो चरित्रपछि दर्शक फिल्मलाई लिएर निकै उत्साहित भएका छन् । निर्माण कम्पनीले लन्डनमा फिल्मको छायांकनका लागि १ सय एकड क्षेत्रफल ओगटेको छ । यो फिल्म बेलायतमा सुटिङ हुने सबैभन्दा ठूलो भारतीय प्रोडक्सन फिल्म भएको बताइएको छ । चलचित्रको छायांकन साउन अन्तिमसम्म चल्नेछ ।

अक्षय कुमारको साथमा यो फिल्ममा परिणिती चोपडा, कुमुद मिश्रा, दिव्येन्दु भट्टाचार्य, राजेश शर्मा, पवन मल्होत्रा, वरुण बडोला, रवि किशन, अनन्त महादेवनजस्ता कलाकार रहेका छन् ।यस बायोपिकबाहेक अक्षय कुमारका आगामी फिल्ममा रक्षाबन्धन, राम सेतु, ओह माई गाड २, सेल्फी, मिसन सिन्डेरेला, बडे मियाँ छोटे मियाँ, सुर्राई पोत्रुको हिन्दी रिमेक र गोर्खा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर