जम्मु– काश्मीर सुरक्षा कारबाहीमा दुई आतङ्कवादी मारिए — OSNepal

जम्मु– काश्मीर सुरक्षा कारबाहीमा दुई आतङ्कवादी मारिए

LC (KTM) July 12, 2022 0

शोपियान (जम्मु र काश्मीर), २८ असार -जम्मु– काश्मीरको शोपियान जिल्लाको रेबन क्षेत्रमा हिजो राति सुरु भएको आतङ्कवादी र सुरक्षा बलबीचको मुठभेड आज पनि जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी र सेना आतङ्वादीहरूसँग डटेर मुकाबिला गरिरहेका तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको उसले बताएको छ ।

अघिल्लो दिन पनि कैसर कोकाको रूपमा परिचित प्रतिबन्धित जसिह–ए–मोहम्मद (जेएम) आतङ्वादी सङ्गठनसँग आवद्ध आतङ्कवादी अवन्तिपोरामा भएको मुठभेडमा फसेको काश्मिरका अतिरिक्त प्रहरी महानिरीक्षकले बताएका छन् । विशेष सूचनाको आधारमा संयुक्त खोज अभियानमा जुटेका प्रहरी, सेना र सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपीएफ)का जवानबीच भएको भिडन्तमा दुई जना आतङ्ककारीहरूलाई मारिएका छन् ।

संयुक्त सुरक्षा फौजमाथि आतङ्ककारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेपछि भएको जवाफी कारबाहीमा उनीहरू मारिएका हुन् । प्रहरी अभिलेखअनुसार मारिएका आतङ्ककारीले प्रहरी, सुरक्षा बल र सर्वसाधारणमाथि धेरैपटक घातक हमला गरेका तथा उनीहरूको संलग्नता आतङ्ककारी घटनामा रहेको थियो ।

सन् २०१८ देखि सक्रिय रहेका कैसर कोकाले पाकिस्तान गएर हतियार, गोलाबारुदको प्रशिक्षण लिएपछि काश्मीर उपत्यकामा प्रवेश आक्रमणमा गरेका थिए । मुठभेड स्थलबाट हतियार र गोलाबारुद बरामद गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर