नागरिकता विधेयकमाथि तिन सांसदले दर्ता गराए विरोधको सुचना — OSNepal

नागरिकता विधेयकमाथि तिन सांसदले दर्ता गराए विरोधको सुचना

LC (KTM) July 12, 2022 0

काठमाडौं २८ असार । तीन सांसदले नागरिकता विधेयकका विरोध गर्दै सुचना दर्ता गराएका छन् ।

विरोधको सुचना दर्ता गराउनेमा नेकपा एमालेका सांसद भीम रावल ,शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल रहेका छन् ।

नेता रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा पनि विधयेक फिर्ता लिएर नयाँ ल्याउनु राज्य व्यवस्था समितिको अवहेलना भएको बताएका छन् ।

सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरित भएको तर्क राखेका छन् ।

त्यसैगरी, सांसद सवालले भने खुला सीमा नियमन गर्नुपर्ने, संघ र प्रदेशको अलग अलग नेपाली नागरिकताको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै विरोध सुचना दर्ता गराएका हुन् ।

सरकारले ल्याएको विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल गर्नुअघि सांसदहरुले विरोधको सूचना दर्ता गर्न सक्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर