भट्टराई पक्षको बैठकमा ११३ केन्द्रीय सदस्य सहभागी, प्रधानमन्त्री भएको व्यक्तिले पार्टी फोड्न नसक्ने दावी — OSNepal

भट्टराई पक्षको बैठकमा ११३ केन्द्रीय सदस्य सहभागी, प्रधानमन्त्री भएको व्यक्तिले पार्टी फोड्न नसक्ने दावी

LC (KTM) July 12, 2022 0

काठमाडौं २८ असार । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईपक्षको बैठकमा ४९९ मध्ये ११३ केन्द्रीय सदस्य भेला भएका छन् ।

आज मंगलबारदेखि काठमाडौंको जडीबुटीस्थित एक पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय समितिको विस्तारित बाबुराम पक्षको बैठकमा ११३ केन्द्रीय सदस्य उपस्थित भएका हुन् ।

सो, बैठकका सदस्य रमेश यादवले कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले तानासाही गरिकाले एकलौटी निण्र्या गरी पार्टी फुटाउन खोजेको आरोप लगाए ।

बाबुरामले पार्टी कब्जा गर्न खोजेको कुरा गलत भएको दावी गरेका उनले बाबुराम पार्टी स्थापना गर्दा चौथो नम्बरमा बसेको र प्रधानमन्त्री समेत भएका व्यक्तिले कहीँ पार्टी फोड्न नसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर