फोहोरको फोटो खिच्न गएका कर्मचारीलाई सुन मान्छे नामले परिचित घिसिङले निर्घात कुटपिट गरेपछि... — OSNepal

फोहोरको फोटो खिच्न गएका कर्मचारीलाई सुन मान्छे नामले परिचित घिसिङले निर्घात कुटपिट गरेपछि…

LC (KTM) July 12, 2022 0

काठमाडौं :

बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीलाई सुन मान्छेका नामले चिनिने सुवास घिसिङले निर्घात कुटपिट गरेका छन् । फोहोर थुपार्ने गाडीको फोटो खिच्ने क्रममा घिसिङले आफ्नो क्षेत्रमा आएर फोटो खिच बलराम श्रेष्ठलई निर्घात कुटपिट गरेको बताइएको छ ।

फोहोर व्यवसायमा संलग्न घिसिङको आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेका श्रेष्ठको अहिले उपचार भइरहेको छ । श्रेष्ठको टाउकोमा तीन टाँका स्टिच गरिएको बागमती सफाइ महाअभियानका अभियन्ता किशोर जंग शाहीले बताए ।

बौद्ध, नयाँवस्तीमा घिसिङले हातमा लगाइएको घोच्ने औँठीले पछाडिबाट टाउकोमा हिर्काएका थिए । घिसिङ अहिले पक्राउ परेर महानगरीय प्रहरी वृत्त बौद्धमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर