ह्वात्तै घट्यो कुखुराको मासुको मूल्य ! — OSNepal

ह्वात्तै घट्यो कुखुराको मासुको मूल्य !

LC (KTM) July 12, 2022 0

काठमाडौं, असार २८ : कुखुराको मासु घटेको छ । यो एक महिनाको बीचमा कुखुराको मासु एक सय रूपैयाँभन्दा बढीले घटेको हो ।एक महिना अघि प्रतिकिलो चार सय ५० रूपैयाँमा बिक्री भएको मासु हाल तीन सय ४५ रूपैयाँमा बिक्री भइरहेको कुखुरा व्यवसायी संघले जनाएको छ ।

महासंघका अनुसार उत्पादन धेरै भएपछि बढेपछि मूल्य घटेको हो । यो समयमा विगतमा पनि कुखराको मासुको मूल्य घट्ने गरेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । । हालको मूल्यभन्दा अझै मूल्य घट्ने संभावना भने नरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर