बजेटबारे देखिएको असन्तुष्टिप्रति मुख्यमन्त्री पोखरेलको स्पष्टीकरण — OSNepal

बजेटबारे देखिएको असन्तुष्टिप्रति मुख्यमन्त्री पोखरेलको स्पष्टीकरण

LC (KTM) July 13, 2022 0

गण्डकी-गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतिष्ठानका नाममा भएका बजेट विनियोजनका सम्बन्धमा देखिएको असन्तुष्टि सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्नुभएको छ ।गण्डकी प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले देखिएका असन्तुष्टि सम्बन्धबारे स्पष्ट पार्नुभएको हो । गोवद्र्धन शर्मा स्मृति कोष, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट भवन निर्माण, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण र अमृत जोशी स्मृति पार्कमा छुट्याएको बजेट प्राथमिकताका क्षेत्रमा खर्च गर्न निर्देशन दिइसकेको मुख्यमन्त्री पोखरेलले सभामा जानकारी गराउनुभयो ।

गोवद्र्धन शर्मा मेमोरियल ट्रष्ट लगायतका प्रतिष्ठान, ट्रष्टका विषयलाई लिएर समाजमा, सामाजिक सञ्जाल, मिडिया र प्रतिपक्षले राखेको चासोबारे स्पष्ट पार्नका लागि सभामा समय मागेको उहाँले बताउनुभयो । देशमा परिवर्तनका लागि धेरै व्यक्तित्वले योगदान गर्नुभएको उल्लेख गर्दै उहाँले ती व्यक्तिलाई राष्ट्रले, प्रदेशले सम्झने कि नसम्झने ? प्रश्न गर्नुभयो ।

“आज विपी कोइरालालाई छाडौँ, उहाँ प्रधानमन्त्री हुनुभयो, पुष्पलाल जी केही हुनुभाथ्यो ? थिएन । गणेशमानजी सरकारी पदमा जानुभयो, जानुभएन । यस्ता धेरै व्यक्तित्व हुनुहुन्छ, जसलाई हामीले सम्मान गरेका छौँ, गर्नुपर्छ र केन्द्रीय सरकारले गरिआएको पनि छ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर