सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट — OSNepal

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट

LC (KTM) July 13, 2022 0

काठमाडौं, २९ असार :

सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केबल कारबीच बैंकका ग्राहकलाई केबलकारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे ।

सम्झौताअनुसार केबलमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी टिकट खरीद गर्दा १० प्रतिशतसम्मको छूट प्राप्त गर्न सकिनेछ । यसले ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर