इन्द्रेणी मसरुम फार्मको आईपीओको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल — OSNepal

इन्द्रेणी मसरुम फार्मको आईपीओको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

LC (KTM) July 13, 2022 0

काठमाडौं, २९ असार –

इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले सर्वसाधारणमा शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त गरेको छ ।

सम्झौतापत्रमा इन्द्रेणी मसरुम फार्मको तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीको रूपमा रहेको मुक्तिनाथ क्यापिटल नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर