सुरक्षा र मावनअधिकारसम्बन्धी संस्थाले समेत विरोध गरेको बन्दुक किन खरिद गर्ने ? यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ — OSNepal

सुरक्षा र मावनअधिकारसम्बन्धी संस्थाले समेत विरोध गरेको बन्दुक किन खरिद गर्ने ? यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ

LC (KTM) July 13, 2022 0

काठमाडौं २९ असार । नेकपा एमालेले सरकारले हतियार किन्न खोजेको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्रीको जवाफ माग मागेका छन् ।

बुधबार बसेको संसद बैठकमा एमालेले कमिसनको खेलमा देशलाई आर्थिक संकटमा पार्ने गरी सरकारले हतियार किन्न खोजेको भन्दै जवाफ माग गरेको हो ।

एमालेका खगराज अधिकारीले इटालीको बदनाम कम्पनीबाट ग्लोबल टेण्डर नगरी सरकारले एक हजार थान नाइन एमएम, पेस्तोल, १ हजार १५० हजार थान स्मल गन र टिअर ग्यास खरिद गर्न लागिरहेको दावी गरेका उनले ‘सुरक्षा र मावनअधिकारसम्बन्धी संस्थाले समेत विरोध गरेको बन्दुक किन खरिद गर्नुपर्‍यो रु भन्दै प्रश्न गरेका छन् ।

दुई दिनभित्र एलसी खोल्नको लागि दबाब दिइएको प्रति आपत्ती जनाएका उनले हाँसको बथानलाई हान्ने बाह्रबोर बन्दुक किन ल्याउन लागेको भन्दै सरकारले स्पष्टीकरण दिनुपर्ने माग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर