रसुवागढी हाइड्रोपावरको आईपीओमा मागअनुसारको आवेदन नपरेपछि समय थपियो — OSNepal

रसुवागढी हाइड्रोपावरको आईपीओमा मागअनुसारको आवेदन नपरेपछि समय थपियो

LC (KTM) July 13, 2022 0

काठमाडौं, २९ असार : रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार १३ गतेदेखि निष्कासन गरेको आईपीओमा मागअनुसारको आवेदन नपरेपछि समय थप गरिएको छ । कम्पनीले असार १३ गतेदेखि २७ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो । सो अवधिमा मागअनुसारको आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गर्न सकिने व्यवस्था थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीकाअनुसार सोमबार साँझसम्म ११ हजार ७४१ आवदेकले २३ लाख ३ हजार ८६० कित्ताको लागि आवेदन दिएका छन् । आवदेकबाट २३ करोड ३ लाख ८६ हजार रुपैयाँ संकलन भएको छ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने छ ।

यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गरिरहेको छ । कम्पनीले गोसाइँकुण्ड गाउँपालिका–१ थुमन र वडा नम्बर २ टिमुरेलाई अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ, वडा नम्बर ५ चिलिमे, गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।
कम्पनीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसको ८३ प्रतिशत काम सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर