गगनको झटारो : मेरो अनुरोध गभर्नर अधिकारीलाई हो, तर एमालेका एम अधिकारीले मलाई हो भनि बुझ्नु भएमा क्षमा चाहन्छु — OSNepal

गगनको झटारो : मेरो अनुरोध गभर्नर अधिकारीलाई हो, तर एमालेका एम अधिकारीले मलाई हो भनि बुझ्नु भएमा क्षमा चाहन्छु

LC (KTM) July 13, 2022 0

काठमाडौं २९ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि टिप्पणी गरेका छन् । एमालेको अर्थ योजना विभागमा एम अधिकारी, खोटाङ भनिएका व्यक्ति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको चर्चा बाहिर आएपनि महामन्त्री थापाले उनीमाथि टिप्पणी गरेका हुन् ।

बुधबार बसेको संसद बैठकमा माओवादी केन्द्रका सांसद रेखा शर्माले गभर्नर कुनै दलको विभागमा बस्न नपाइने भन्दै छानबिन गर्न माग गरेकी छन् । यता थापाले पनि शुन्य समयमा बोल्दै तरलताको अभाव, चुलिँदा व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिती, आकासिदो मुल्यबृद्धि र मागमा संकुचन जस्ता चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् ।

राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिणाम नआइसकेपछि अब यसलाई सच्याउनुपर्नेमा जोड दिएका उनले यसलाई सच्याइएन, बन्द गरिएन भने लाखौं शेयरमा लगानी गरेका साना लगानीकर्ताहरु सडकमा आइपुग्ने दावी गरेका छन् ।

मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु । उनले अघि भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर