६४ दिनसम्म जेलको हावा खाएका शिल्पा शेठ्ठीका पति राज कुन्द्राका फ्यानका लागि आयो खुशीको खबर — OSNepal

६४ दिनसम्म जेलको हावा खाएका शिल्पा शेठ्ठीका पति राज कुन्द्राका फ्यानका लागि आयो खुशीको खबर

LC (KTM) July 16, 2022 0

मुम्बई, ३२ असार:

गतवर्ष पोर्नोग्राफी केसमा मुछिएर ६४ दिनसम्म जेलको हावा खाएका राज कुन्द्राले अभिनयमा डेब्यू गरेका छन् । बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका पति राजले गत महिना ‘यूटी नम्बर ६९’ नामक फिल्मको सुटिङ मुम्बईमा पूरा गरेका छन् ।

सुटिङको लोकेशन मुम्बईको सब–अर्बन इलाका मीरा रोडमा स्थित डब्बा फ्याक्ट्रीमा थियो । फिल्मको नाम आर्थर रोड जेलको त्यो ब्यारेकसँग सम्बन्धित छ, जहाँ राज कैदीका रुपमा बन्द थिए । फिल्मको सुटिङ १८ दिनमा सम्पन्न भएको थियो । अब यसलाई ओटीटी प्राइम भिडियोलाई बेच्ने तयारी भइरहेको छ ।

‘फिल्ममा राज कुन्द्रा आफैंले अभिनय गरेका छन् । आर्थर रोड जेलमा जब उनी थिए, त्यहाँ जे कुरा उनीमाथि भयो, त्यसलाई फिल्मको कथामा देखाइएको छ । फिल्मलाई गुपचुप सुटिङ गरिएको छ । फिल्मको सेकेण्डरी कास्टमा अरु कोही छैनन् । फिल्मको चर्चा बढी नहोस् भनेर राजले कोही कलाकार लिएनन्’, फिल्म निकट स्रोतले भनेको छ ।

फिल्मका कास्ट एण्ड क्रु पनि एक दुई वटा फिल्ममा काम गर्ने मात्र छन् । ब्यानरको नाम द बिगर पिक्चर हो । फिल्मको निर्देशन शाहनवाज अलीले गरेका छन् । आर्ट डिरेक्टर नीरजकुमार सिंहले डब्बा फ्याक्ट्रीलाई आर्थर रोड जेलमा रुपान्तरण गरेका हुन् ।

गत वर्ष राजमाथि पोर्न फिल्म बनाएको आरोप लागेको थियो । यो मुद्धामा मुम्बई प्रहरीले राजसहित १० व्यक्तिलाई आरोपी बनाएको थियो । सबैविरुद्ध चार्जशिट दायर भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर