२ फिल्ममा श्रृष्टी ‘गर्भवती महिला’को भूमिकामा, दुवै फिल्ममा सौगात मल्ल उनका पतिको भूमिकामा — OSNepal

२ फिल्ममा श्रृष्टी ‘गर्भवती महिला’को भूमिकामा, दुवै फिल्ममा सौगात मल्ल उनका पतिको भूमिकामा

LC (KTM) July 20, 2022 0

काठमाडौँ  :

पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको हातमा अहिले धेरै फिल्महरु छन् ।जसमध्ये २ फिल्म एक साताको अन्तरमा भदौमा रिलिज हुने तयारीमा छन् । श्रृष्टीले नै केन्द्रिय भूमिकामा काम गरेको फिल्म ‘माइकल अधिकारी’ भदौको ३ गते प्रर्दशन हुँदैछ भने भदौ १० गते उनको शिर्ष भूमिका रहेको फिल्म ‘राधा’ रिलिजको तयारीमा निर्माण यूनिट लागिरहेको छ ।

दुवै फिल्ममा श्रृष्टी गर्भवती महिलाको भूमिकामा देखा पर्दैछिन् । ‘माइकल अधिकारी’मा आर्थिक अभाव भएपछि कोख भाडामा दिने महिलाको भूमिकामा उनी देखिँदैछिन् भने ‘राधा’मा श्रृष्टी श्रीमान्को पर्खाइमा बसेकी एक गर्भवती महिलाको भूमिकामा देसिखँदैछिन् ।

‘राधा’ र ‘माइकल अधिकारी’ दुबैमा श्रृष्टीको श्रीमान्को भूमिकामा उनका प्रेमी सौगात मल्लको अभिनय रहेको छ ।एक सातामा २ तर उस्तै प्रकृतिका फिल्म रिलिज हुँदा दर्शकले सृष्टिका दुवै फिल्मलाई पत्याउ लान् रु त्यो भने फिल्म रिलिज भएको केही दिनमा नै थाहा लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर