युवतीलाई श्रीमती र बुहारीको नाता लगाएर सीमा कटाउने चारजना पक्राउ



ओएस नेपाल, काठमाडौँ, २० माघ । निःशुल्क भिसामा कुवेत पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। एकजना फरार छन् ।

भारतको राजधानी दिल्ली हुँदै कुवेत तथा दुवई लैजाने तयारीमा रहेका ६ जना नेपाली महिलालाई बर्दियाको कालिका गाविस कर्णालीपुरबाट उद्धार गरे लगत्तै प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

अभियुक्तले कसैलाई साली, कसैलाई श्रीमती, कसैलाई बुहारी नाता लगाएर सीमा पार गराउने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

[its_video]https://youtu.be/NKXkuIWvIjM[/its_video]

Comment