स्वर्गको आभास गर्न चाहानुहुन्छ ? एक पटक नगरकोट पक्कै घुम्नुहोस्



सन्तोष ढुंगाना –  भक्तपुर, माघ २२ के तपाई एकै छिन् मा आफ्नो अन्धकारमय जिन्दगीलाई स्वर्गको आभासमा परिणत् गर्न चाहानुहुन्छ ? यदि तपाई उपत्यका परिसरमा बसोबास गर्नुहुन्छ भने तपाईले जाने पर्ने ठाउँ हो भक्तपुरको नगरकोट ।

नगरकोट काठमाडौं उपत्यका नाजिकको प्रसिद्ध पर्यटकीय स्थल हो नगरकोट । यो स्थान काठमाण्डौ बाट २३ किलोमिटर उत्तर(पुर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पुर्वमा अबस्थित रहेको छ । यो समुन्द्री सतह देखी २ हजार ७५ मिटर उचाईमा रहेको छ ।

नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनोमोहक हिमालयका चुचुराहरु साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमान्चक द्रश्य देखन् सकिन्छ । यहाँबाट अन्य हिमालका चुचुराहरुमा धौलागारी हिमश्रृंखलादेखी कन्चनजङ्घा हिमश्रृंखलासम्मको मनास्लु, गणेश हिमाल,लाम्टाङ्ग हिमाल, गौरीशंकर,चावु, ल्वोसे,मकालु, नेम्वुल,इत्यादि पर्दछन् ।
नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावालोकन र सूर्योदय अस्तको दृष्यावालोकनको लागि पनि विशेष प्रसिद्ध रहेको छ । आफ्नो व्यस्त तथा कोहलपूर्ण जीवनलाई थाती राख्दै केहि समय प्राकृतिसंग भलाकुसारी गर्न नगरकोट आउने गर्दछन ।

तेसैले गर्दा पनि रिसोर्ट व्यावसाय पनि प्रसिद्ध छ । उच्च पहाडी भेगमा पर्ने भएकाले नगरकोट चारैतिर बाट बनले घेरिएर रहेको छ । लोप हुन लागेको ूनेपालको बन हरियो धनू भन्ने लोकोक्ति यहाँ सार्थक भएको पाइन्छ। यहाँ जरिबुटी खेति प्रचुर सम्भावना रहेको छ। साथै वरपर रहेको बाल्वन भन्ने जंगलमा अनेक बोटबिरुवा र जीवजन्तु बसोवास गर्छ्न । यो वन जंगलले काठमाडौं उपत्यकाको लागी केहि मात्रामा जलाधारको पनि काम गरेको छ । यस स्थानलाई वैज्ञानिक खोजको लागि प्रयोग गर्न सकिने सम्भावना धेरै छ ।

पर्यटक स्थल नगरकोट पुग्नका लागि प्रयोग हुने उपायहरु
मोटर यात्रा को लागि नगरकोट बस अथवा मोटरसाइकलबाट नि यात्रा गर्न सकिन्छ, नगरकोट काठमाडौंबाट ३२ किलोमिटर दुरीमा र भक्तपुरबाट २० किलोमिटरको दुरीमा रहेको छ । भक्तपुर बाट नगरकोटको लागि पनि छोटो(छोटो समयमा पनि बुसहरु छुट्टि रहेका हुन्छन्। साइकलबाट नि केहि पर्यटकहरुले यात्रा गरिरहेका हुन्छन् ।

भने पदयात्राको लागि भक्तपुर(चांगुनारायण(नगरकोट मार्ग, सुन्दरीजल(साँखु(नगरकोट मार्ग, खरिपाटी( तेलकोट( नगरकोट मार्गबाट पद यात्रा गर्न सकिन्छ ।

 

Comment