विश्वकै अहिलेसम्मकै अचम्मको घटना : महिलाको टाउकोबाट निकालियो जिउँदो साङ्लो



एजेन्सी । के मानिसको टाउको भित्रबाट जिउँदो साङ्लो निकाल्न सम्भव छ ? भारतको चेन्नईमा यस्तै घटना घटेको छ ।

चेन्नेईको स्टान्ली मेडिकल कलेज अस्पतालको इएनटी डिपार्टमेन्टका प्रमुख डाक्टर एमएन शंकरको समुहले ४२ वर्षीया सेल्वी नामकी महिलाको टाउकोबाट शल्यक्रियामार्फत जिउँदो साङ्लो निकाल्न सफल भएका छन् ।

स्टान्ली मेडिकल कलेज अस्पतालको इएनटी डिपार्टमेन्टका प्रमुख समेत रहेका डाक्टर एमएन शंकरले आफ्नो कार्यकालकै यो पहिलो र धेरै अनौठो घटना भएको बताएका छन् । द न्यू इन्डियन एक्सप्रेसके एक रिपोर्टका अनुसार घरमा सुतीरहेको समयमा ति महिलाको नाकमार्फत साङ्लो उनको टाउकोमा प्रवेश गरेको हो ।

नाकबाट छिरेको साङ्लो नाक र आँखाको बिच भागमा पुगीसक्दा पनि जिउँदै भएका कारण ति महिलाको ज्यान बच्चन सफल भएको शल्यक्रियापछि चिकित्सकले बताएका छन् । डाक्टरका अनुसार यदि साङ्लो भित्र मरेको भए महिलाको ज्यान जाने खतरा थियो ।