बलिउड अभिनेत्री दिया मिर्जाकी २५ वर्षकी भान्जी तान्याको कार दुर्घटनामा परेर निधन — OSNepal

बलिउड अभिनेत्री दिया मिर्जाकी २५ वर्षकी भान्जी तान्याको कार दुर्घटनामा परेर निधन

LC (KTM) August 03, 2022 0

काठमाडौं  :

बलिउड अभिनेत्री दिया मिर्जाकी २५ वर्षकी भान्जीको २५ वर्षकी भान्जीको मृत्यु दुर्घटनामा परी निधन भएको छ । भारतिय मिडियाका अनुसार मिर्जाकी भान्जी तान्या काकडेको कार दुर्घटनामा परी निधन भएको हो । भान्जीको तस्बिर सेयर गर्दै फ्यानहरुलाई आफ्नी भान्जीको मृत्युको दुखद खबर दिएकी छिन् ।

उनले भान्जीको तस्विर सेयर गर्दै लेखेकी छन् मेरी भान्जी, मेरी बच्ची, मेरी प्यारी । उनले यो संसार छोडिन् । जहाँ भएपनी मेरो प्यारो तिमीले शान्ति र माया पाउन सक्छौ। तिमीले सधैं हाम्रो हृदयलाई खुशी बनाएकी छौ। ओम शान्ति।’तान्या कांग्रेस नेता फिरोज खानकी छोरी हुन् ।

डिभाइडरमा ठोक्किएपछि तान्याको कार पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । दुर्घटनाको समयमा कारमा उपस्थित अन्य दुई जना भने खतरामुक्त रहेको बताइएको छ । उनलाई उस्मानिया जनरल अस्पतालमा सारिएको छ। दुर्घटनामा तान्याको टाउकोमा गहिरो चोट लागेको थियो । तान्यालाई तत्कालै स्मानिया जनरल अस्पताल लगिएको थियो तर डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर