आफूमाथि जाही लागेकालाई मेयर हर्क साम्पाङको जवाफ - मसँग नउल्झिनु, आफ्नो काम गर्नुस् — OSNepal

आफूमाथि जाही लागेकालाई मेयर हर्क साम्पाङको जवाफ – मसँग नउल्झिनु, आफ्नो काम गर्नुस्

LC (KTM) August 04, 2022 0

काठमाडौं १९ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी मंसिरमा हुने आम निर्वाचन मुखैमा आएकाले त्यसमा ध्यान दिन भन्दै आफुसँग नअल्झिन आग्रह गरेका छन्।

‘मंसिरको चुनावमा ध्यान दिनु है सबैले, म सँग नउल्झिनु, आफ्नो काम गर्नु’ उनले भनेका छन् ।

आइतबार बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित संघर्ष समितिले नगरप्रमुख साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा समेत तोडफोड गरेपछि मेयर साम्पाङले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका समेत दिएका छन् ।

मलाई सोधेर रकम राखेको भन्ने जवाप दिएपछि आक्रोसित पीडितहरुले कार्यकक्षमा तोडफोड गरेका हुन् ।

यो राजनीतिक षड्यन्त्र भएकाले प्रहरीमा उजुरी दिएको बताएका साम्पाङले यो व्यक्तिमाथिको आक्रमण नभई नगर र स्थानीय सरकार माथिकै आक्रमण भएको ठहर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर