बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु र हातहतियार सहित धादिङबाट समातिए शोभा र बेग — OSNepal

बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु र हातहतियार सहित धादिङबाट समातिए शोभा र बेग

LC (KTM) August 04, 2022 0

धादिङ, १९ साउन –

निलकण्ठ नगरपालिका-३ धादिङबेसी थोपल खोलास्थित सडकबाट बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु १ थान र अमेरिकी डलर जस्तो देखिने ५० दरको नोट ९७ थान र १०० दरको नोट १ सय ६३ थान सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खनियाबास गाउँपालिका-४ बस्ने बेग बहादुर तामाङ र शोभा तामाङ रहेका छन् ।

लपाङफेदीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग.१ ज ६७५३ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त पहेंलो धातु र अमेरिकी डलर जस्तो देखिने नोट सहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले बेग बहादुर तामाङको घर तालसी गर्दा घरमा लुकाई राखेको २ थान सेमि अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने गोली २० राउण्ड‚ १ थान कटुवा पेस्तोल र बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु ५ थान फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर