देशलाई बर्बादीबाट बचाउन एमालेले चुनाव जित्नै पर्छ, एमालेले हार्यो भने देशले हार्छ : ओली — OSNepal

देशलाई बर्बादीबाट बचाउन एमालेले चुनाव जित्नै पर्छ, एमालेले हार्यो भने देशले हार्छ : ओली

LC (KTM) August 05, 2022 0

काठमाडौं २० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पनि गठवन्धनले चुनाव जिते देश वर्वाद हुने बताएका छन् । देशलाई वर्वाद हुनबाट बचाउनको लागि अबको चुनाव एमालेले जित्नुपर्ने भन्दै ओलीले बताएका हुन् ।

देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने भन्दै ओलीले एमालेले चुनाव हारे त त केही छैन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ तर एमालेले हार्दा देशले समेत हार्ने बताए ।

उनले भने, ‘तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै पर्ने कारण के छ भने देशलाई जिताउनु छ ।’

अहिलेको सरकारले १ वर्षमा नै देशलाई दुर्गतीमा लगेको आरोप लगाएका ओलीले थप ५ वर्ष यस्तै गरेर देश चलाए खत्तम हुने भन्दै देशलाई बर्बादीबाट बचाउनका लागि एमालेले चुनाव जित्नु पर्ने जिकिर गरे ।

गठवन्धनका दलका नेताहरुको कुनै गन्तव्य नभएको भन्दै उनले भने , ‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छटपटीमै बित्छ । करबते बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर