सवारी दुर्घटनामा परी कोरियामा ज्यान गुमाए जीवनले — OSNepal

सवारी दुर्घटनामा परी कोरियामा ज्यान गुमाए जीवनले

LC (KTM) August 05, 2022 0

काठमाडौं :

दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतका जीवन मगर रहेका छन् । मंगलबार सवारी दुर्घटनामा परी कोरियाको ख्यङ्गीदो प्रान्तस्थित पोछनमा मगरको ज्यान गएको हो । मगरको ज्यान गएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले जानकारी दिए ।

गर्मी विदामा साथीहरुसँग घुमेर मंगलबार साँझ आफ्नो कोठामा फर्किएका मगर खानेकुरा किन्न भन्दै बाहिर निस्किएको र बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएको बताइएको छ । साँझ निस्किएका मगर बिहानसम्म पनि नफर्किएपछि उनका सहकर्मीहरु खोज्न जाँदा साईकल र चप्पल भेटिएपछि उनी दुर्घटनामा परेको खुल्न आएको हो ।

घटनाका विषयमा दूतावासलाई जानकारी गराइसकिएको र शव पोछनस्थित स्थानीय अस्पतालमा राखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर