माधव नेपालको जुनी त छटपटीमा बित्छ, बिचराको गन्तव्य सन्तव्य केही छैन : ओली — OSNepal

माधव नेपालको जुनी त छटपटीमा बित्छ, बिचराको गन्तव्य सन्तव्य केही छैन : ओली

LC (KTM) August 05, 2022 0

माधव नेपालको जुनी त छटपटीमा बित्छ, बिचराको गन्तव्य सन्तव्य केही छैन, स्वार्थको लागि जस्तोसुकै कुकृत्य गर्न पनि तयार छन् ।

काठमाडौं २० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको कडा टिप्पणी गरेका छन् ।

गन्तव्यहीन र उद्देश्यहिन यात्रामा लागेको गठवन्धनले देशलाई बर्बादी तिर लगेको आरोप लगाएका ओलीले नेपाललाई गन्तव्य सन्तव्य केहि नभएको करबते बदल्ते रहे सारे रात हम जस्तो भएको भन्दै व्यंग्य गरे ।

नेपालको जिन्दगी छटपटीमै बित्ने भन्दै ओलीले भने , ‘माधव नेपालको त नाम नलिउँ होला उनको त छटपटीमा जुनी बित्छ, गन्तव्य सन्तव्य केही छैन, बिचराको ।’

स्वार्थको लागि भएको गठवन्धनको लागि जस्तोसुकै कुकृत्य गर्न पनि तयार रहेको आरोप लगाएका ओलीले नेपाललाई बिचरा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर