काफल किन खाने ? थाहा पाउनुहोस् यसका चमत्कारी फाईदा — OSNepal

काफल किन खाने ? थाहा पाउनुहोस् यसका चमत्कारी फाईदा

LC (KTM) August 06, 2022 0

काठमाडौं । तपाईले काफल खानुभएको छ ? पहाडमा पाईने अमिलो स्वादको फल हो काफल । यो गर्मी महिनामा पाईन्छ । यसको आकार लाम्चो र गोलो हुन्छ। काफलको रङ काँचोमा हरियो हुन्छ भने पाकेपछि यसको रङ बैजनी हुन्छ । काफललाई स्वादको रुपमा भन्दा पनि कतिले यसलाई औषधीको रुपमा प्रयोग गर्ने गर्दछन् । काफलले शरीरलाई के के कुरामा फाईदा पूर्याउछ भन्ने कुरा आज बताउन गईरहेका छौ ।

काफल भन्दा पनि यसको बोक्राले शरीररलाई निकै कुरामा फाईदा पूर्याउछ । यसको बोक्रालाई मसिनो बनाएर पिस्ने र आँखा रातो भएको ठाउँमा लगाउने गर्नाले आराम मिल्छ । घाऊ तथा चोटपटक लागेको खण्डमा पनि यसको धुलाको प्रयोग गर्न सकिन्छ । काफलको बोक्रालाई चार ग्राम मिश्रीको काढासित एक हत्ता सम्म सेवन गरे जुनसुकै कारणले पेट दुखेको वा शुल भएको भए पनि निको हुन्छ ।

काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गरेमा दाँतको पिडा शान्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर