बाघको आक्रमणबाट मृत्यु



चितवन, ११ फागुन । पश्चिम चितवनको चित्रवन नगरपालिका–१४ दिव्यनगरमा आज बाघको आक्रमणबाट पदमपुर घर भई दिव्यनगरमा केराखेती गर्दै आएका ३५ वर्षीय भीम चापागाईंको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार केराबारीमा आएको बदेल धपाउने क्रममा बाघसँग जम्काभेट भएपछि उनलाई बाघले लछारेर दुई किमी पर लगेको थियो । अपराह्न ४ बजे बाघको आक्रमणमा परेका उनको साँझ ५ः३० बजे शव भेटिएको प्रहरीले जनाएको छ ।

Comment