काम चलाउ सरकारले जबरालाई देखाएर अरूलाई डराउन डन्डा चलायो : एमाले — OSNepal

काम चलाउ सरकारले जबरालाई देखाएर अरूलाई डराउन डन्डा चलायो : एमाले

LC (KTM) August 07, 2022 0

काठमाडौं २२ साउन । नेकपा एमालेकी सांसद निरुदेवी पालले ‘पाँच महिनासम्म निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव किन अघि नबढाइएको भन्दै प्रशन गरेकी छन् ।

आइतबार बसेको संसद बैठकमा सांसद पालले सदनमा यस्तो प्रश्न गरेकी हुन् । निर्वाचनकोे मिति घोषणा गरेपछि कामचलाउन बनेको सरकार जबरा (चोलेन्द्रशमशेर जबरा)लाई देखाएर अरूलाई डराउन डन्डा चलाइएको हो भन्दै सांसद पालले कटाक्ष गरेकी छन् ।

‘चुनाव घोषणा भइसकेपछि सरकार कामचलाउ भइसकेको छ,पाँच महिनासम्म किन रोकियो’ उनले भनिन् ।

सत्तासँग दुईतिहाइ छैन भन्ने थाहा हुँदाहुँदै पनि महाअभियोग लगाइएको भन्दै उनले बराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलका क्रममा सदनमा भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर