मात्र पुलिसलाई सलामी गर्न ठिक्क हुने संघीयतामा जनता असुरक्षित : गोकुल बाँस्कोटा — OSNepal

मात्र पुलिसलाई सलामी गर्न ठिक्क हुने संघीयतामा जनता असुरक्षित : गोकुल बाँस्कोटा

LC (KTM) August 07, 2022 0

काठमाडौं २२ साउन । नेकपा एमालेका सांसद तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले जनताले प्रदेश सरकारहरू फेला नै नपारेको भन्दै यसको प्रभावकारिता शून्य बनेको आरोप लगाएका छन् ।

संघीयताको विरोधमा आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै नेता बाँस्कोटाले आन्दोलनमा माग नै नभएको संघीयता नेपालमा भित्र्याइएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

संघीय सरकारका ३-४ वटा टायरका कुराले जनता आजित भइसकेको बताएका उनले जनताले संघीयता फेला नपारेको दावी गरे । प्रदेश जनताले फेला पार्दैनन् । स्थानीय तहमा कर्मचारी छैनन् । पुलिसलाई ८(९ सय संसद र मन्त्रीको सलामी गर्दै ठिक्क छ । जनता असुरक्षित छन् ।’ उनले भने ।

संघीयताले जनतालाई कुनै किसिमको राहत र सुशासन दिन नसकेको दावी गरेका उनले संघीयताबारे प्रश्न उठाउँदा कान झिकिदिने, आँखा फुटाइदिने धम्की आएको बताए ।

विशेष समयमा बोल्दै नेता बाँस्कोटाले भने , ‘कुनै आन्दोलनमा नउठेको, आन्दोलनकारीको माग नभएको, ल्याउनेलाई थाहा नभएको, उपभोग गर्नेलाई पनि महसुस नभएको संघीयता कसरी आयो ?’ ‘संघीय सरकारका टायरमाथि टायरबाट जनताले हविगत व्यहोर्नुपरेको छ । कसैले जिम्मा लिएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर