जापानको हिरोसिमामा यत्रो ! विध्वस्त गर्नेप्रति जनताको मनमा के होला ? प्रचण्ड — OSNepal

जापानको हिरोसिमामा यत्रो ! विध्वस्त गर्नेप्रति जनताको मनमा के होला ? प्रचण्ड

LC (KTM) August 07, 2022 0

काठमाडौं २२ साउन । पाँच दिने जापान भ्रमणको लागि शुक्रबार जापान पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको हिरोसिका सहरको भ्रमण गरेका छन् ।

आइतबार भ्रमण गरी जापानमा बस्ने प्रवासी नेपालीहरुसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रचण्डले हिरोसिमा गएर सबै म्युजियमदेखि बम हानेपछिको भग्नावशेष हेरेपछि आफुले यस घटनाको विषयमा जापानीको मनमा के होला मनोभावना भनेर धेरैलाई सोधेको बताए ।

‘मैले आज हिरोसिमा गएर सबै म्युजियमदेखि बम हानेपछिको भग्नावशेष हेरेँ । मेरो मनमा थियो, त्यो कुरा मैले साथीहरुलाई सोधेँ । यत्रो दुर्घटना, यत्रो हत्या, यत्रो विध्वस्त हुँदा त विध्वंस गर्नेहरुप्रति जापानीको मनमा के होला मनोभावना भनेर मैले धेरैलाई सोधेँ । ‘ सम्बोधनमा प्रचण्डले भने ।

आफुले सोधेको प्रश्नमा प्राय सबैले जापानीहरुमा कुनै विद्वैष नभएको भन्दै भएको बताएको सुनाए । घटना पछि अब आफुहरु सबै मिहिनेत गरेर विकासमा केन्द्रीत हुनुपर्ने सोच आएको जापानीहरुले सुनाएको प्रचण्डले अघि बताए ।

सम्बोधनमा प्रचण्डले त्यहाँ रहेका प्रवासी नेपालीहरुलाई तपाईंहरु त्यस्तो देशका त्यस्ता जनतासँगको संसर्गमा भएको भन्दै खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर