इथियोपियाली सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी ३३३ विद्रोहीको मृत्यु — OSNepal

इथियोपियाली सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी ३३३ विद्रोहीको मृत्यु

LC (KTM) August 07, 2022 0

अदिस -इथियोपियाली सुरक्षा फौजले हालै गरेकोे सुरक्षा कारबाहीमा ३३३ जना संदिग्ध ओरोमो लिबरेशन आर्मी (ओला) विद्रोहीको मृत्यु भएकोे इथियोपियाली अधिकारीले बताएका छन् ।स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारी सञ्चार सेवा राज्यमन्त्री सेलामाविट कासाले शनिबार भन्नुभयो, “जुलाई २३–२९ भएको सुरक्षा कारबाहीमा ३३३ संदिग्ध विद्रोहीको मृत्यु भएको र ६७१ नेता तथा कार्यकर्तालाई सुरक्षा नियन्त्रणमा लिइएको छ ।”

कासाले सैन्य परिचालनको क्रममा उनीहरूबाट ठूलो पैमानामा बन्दुक तथा रेडियो सञ्चार प्रणाली जफत गरिएको पनि बताउनुभयो । विद्रोही समूहले आपूर्ति भण्डारण गर्न प्रयोग गरिरहेका ६९ वटा गोदाम पनि नष्ट गरेको इथियोपियाली सुरक्षा फौजले बताएको छ ।

ओला पूर्व विद्रोही समूह, ओरोमो लिबरेसन फ्रन्ट (ओएलएफ) को विखण्डनकारी सशस्त्र गुट हो । सन् २०२१ को मे महिनामा इथियोपियाली संसदले ओलालाई आतंकवादी समूहको रूपमा नामकरण गर्ने प्रस्तावलाई बहुमतबाट पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर