माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट सुरु — OSNepal

माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट सुरु

LC (KTM) August 08, 2022 0

काठमाडौं । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस ) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट सुरु भएको छ ।

स्थानीय तह निर्वाचनदेखि दुई नेताबीच खटपट सुरु भएको हो । अध्यक्ष नेपालसँग खटपट भएका बेला स्वास्थ्य मन्त्रालयबाट खरिद स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको विषयमा नेता खनालले दुई मन्त्रीलाई आफ्नै निवासमा बोलाएर जानकारी लिएका छन् ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

खनालले स्वास्थ्यमन्त्री भवानी खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीलाई आइतबार बिहान आफ्नै निवासमा बोलाएर स्वास्थ्य समग्री खरिदमा अनियमितता भएको खबर आइरहेको र यसले पार्टीलाई समेत बदनाम गराउन सक्ने भन्दै चासो राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर